‘क्रिसमस ट्री’ जलाएपछि सिरियामा दंगा भड्कियो
सिरियाको हामा शहर नजिकै क्रिसमस ट्री जलाएको विरोधमा प्रदर्शन भएको छ ।
मध्य सिरियाको क्रिश्चियन बहुल शहर सुकायलाबियाको मुख्य चोकमा प्रदर्शनमा राखिएको रुखमा नकाबपोश बन्दुकधारीले आगो लगाएको छ ।
राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने विद्रोहको नेतृत्व गर्ने मुख्य इस्लामी समूहले आगजनीका जिम्मेवारी लिएको र उनीहरु व्यक्तिहरू विदेशी लडाकुहरू भएको समाचार छ । उनीहरूलाई हिरासतमा लिइएको बताएको छ।
नयाँ इस्लामी शासकले धार्मिक अल्पसङ्ख्यकहरूको संरक्षण गर्नुपर्ने माग गर्दै हजारौं प्रदर्शनकारीहरू देशभरका सडकमा ओर्लिएका छन्।
दमास्कसको बाब तौमा इलाकामा प्रदर्शनकारीहरूले क्रस र सिरियाको झन्डा बोकेर क्रूसको लागि आफ्नो प्राण बलिदान गर्नेछौँ भन्दै नारा लगाएका थिए ।।
प्रतिक्रिया राख्नुहोस्