जनतामा रहेको निराशा चिर्न सबै मिलेर अगाडि बढ्न आवश्यक: सिटौला
काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताउनु भयो । उहाँले संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको बताउनु भयो ।
उहाँले भन्न्नुभयो, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली काँग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं ।
पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्