नरवणे भ्रमणः आज राष्ट्रपतिले मानार्थ महारथी प्रदान गर्ने

काठमाडौं– नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाईआज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने कार्यक्रम छ ।

नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप जनरल नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनु भएको हो ।

प्रधानसेनापति जनरल पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनु भएका नरवणे नेपाली सेनाको मानार्थ महारथी पाउने भारतका १७ औं सेनाध्यक्ष हुनुहुन्छ ।

धर्मपत्नी र उच्च सैनिक अधिकारी सहित नेपाल आउनु भएका भारतीय स्थलसेनाध्यक्षले हिजै साँझ पशुपतिनाथको दर्शन गर्नु भयो । यसैगरी उहाँले वसन्तपुर ऐतिहासिक क्षेत्रको पनि अवलोकन भ्रमण गर्नु भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग स्थलसेनाध्यक्षले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । नेपाल र भारतबीचको विद्यमान सम्बन्ध अझ प्रगाढ बनाउन सेनाध्यक्षको यस भ्रमणलाई सैनिक कुटनीतिका रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.