त्रियुगा नगरपालिकाका कर्मचारीमा कोरोना, कामकाज ठप्प

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत कर्मचारीहरुमध्ये एकै पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज कात्तिक २८ गतेसम्मको लागि बन्द गरिएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजीत राईले सूचना जारी गरी कात्तिक २८ गतेसम्म अति आवश्यक काम बाहेक अन्य सेवाहरु बन्द गरिएको जानकारी दिनुभएको हो ।
वडाहरुबाट प्रदान गर्ने सेवाहरु वडा कार्यालयले आ–आफ्नो तबरले गर्न वा बन्द गर्ने अधिकार वडाध्यक्षलाई दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले उल्लेख गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्