बागमती प्रदेशमा सवारी साधनमा अनावश्यक स्टिकर र सायरी हटाउन सुरु

चितवन – बागमती प्रदेशमा सवारी साधनमा राखिएका अनावश्यक स्टिकर, झल्लर, सायरी हटाउन थालिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले बागमती प्रदेशका सबै जिल्लामा बिहीबार देखी सवारी साधनको सिसा नजिक राखिएका झल्लर, चुरा, स्टिकर लगायतका सामग्रीहरूले भिजिबिलिटीमा समस्या देखिने हुँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै त्यस्ता सामग्री हटाउन अभियान सुरु गरेको हो ।

त्यस्तै सवारी साधनमा लेखिएका सायरीले सवारी चालकको ध्यान विकेन्द्रित हुने हुँदा सायरी मेटाउन सवारी चालकहरूलाई अनुरोध गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख नरेशराज सुवेदीले बताउनुभयो ।

अनुरोध पश्चात् पनि नहटाएमा ट्राफिक नियमअनुसार कारबाही तथा जरिवाना गरिनेछ उहाँको भनाई छ । उहाँका अनुसार शनिवार मात्र बागमती प्रदेशका १० जिल्लाका सवारी साधनहरूमा प्रयोग गरिएका झल्लर,स्टिकर, फोक्सलाईट हटाएका छन् । झल्लर १८२, स्टिकर ५१ र फोक्सलाईट १७ वटा निकालिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.