कृषि र पर्यटन प्रवर्द्धनका लागि चितवन महोत्सव

चितवन- चितवनको कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस २५ देखि माघ १० गतेसम्म चितवन महोत्सवको आयोजना गरिने भएको छ ।

अघिल्ला महोत्सवमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर राखिने पनि संयोजक श्रेष्ठले जानकारी दिनुभयो । चितवनका पर्यटकीयस्थलसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने उहाँले जानकारी दिनुभयो ।

पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्ने तयारी गरिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्वमा छुटको व्यवस्थासमेत गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.