बिनयी खोलाको पुल भासिदा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध

पूर्वी नवलपरासी-  पूर्वी नवलपरासीको विनयी खोलाको पुल भाँसिदा पूर्व पश्चिम राजगर्मा पूर्ण रुपमा अवरुद्ध भएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

आज साँझ करिब ५ बजेको समयमा पुलको बिच भाग आफै भाँसिएपछि यातायात अवरुद्ध भएको हो । पुल तत्काल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उहाँले बताउनुभयो ।

डाइभर्सन निर्माण गरि यातायात सुचारु गर्न केही समय लाग्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.