१६ बुँदे असहमतिका विषयमा कांग्रेसमा छलफल

काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीभित्रको असहमतिका विषयमा छलफल अघि बढाइएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६ बुँदे असहमतिका विषयमा छलफल गरिएको हो । नेताहरुले भनाइ राख्ने क्रम जारी रहेको र केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास भैरहेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिनुभयो । विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता-कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधि लगायतमा विषयमा भोलि पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.