विनयी खोलाको पुल भाँचिएपछि डाईभर्सन निर्माण हुँदै
पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासमा विनयी खोलाको पुल भाचिएपछि दीर्घकालिन डाईभर्सन निर्माणको काम चलिरहेको छ ।
अहिले नयाँ पुल नबन्दा सम्मको लागि लामो समय संचालन गर्ने गरी डाईभर्सन निर्माण गरिदै छ । विनयी पुल भएको स्थानको उत्तरतर्फ करिब ५ सय मिटर माथिबाट २ किलो मिटर लामो डाईभर्सन निर्माणको काम भैराखेको सडक विभागका इन्जिनियर शिव खनालले बताउनुभयो ।
आज साँझसम्ममा डाईभर्सन निर्माण पुरा गरी सोहि स्थानबाट सवारी संचालनमा ल्याउने तयारी गरिएको इन्जिनियर खनालले बताउनुभयो । पुल भाचिएपछि यसको अध्ययन गर्न सडक विभागले अध्ययन समिति समेत गठन गरेको छ ।
शुक्रबार भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा पुलको पूर्वपट्टिको फलामको भाग भाचिएर राजमार्ग पुरै अवरुद्ध भएको थियो । पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुलाई बैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुदै सिजी चोक, डाडाचौर, होङ्गसी गेट निस्कने गरी बैकल्पिक बाटो संचालनमा ल्याईएको छ ।
प्रतिक्रिया राख्नुहोस्