दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन पक्राउ
काठमाडौं- दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७: मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।
पक्राउ वारेन्ट जारी भएपछि बिहानै निलम्बित राष्ट्रपति युनलाई सिउलस्थित निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले युन सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गर्नुभएको थियो । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिनुभएको थियो । युन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।
बीबीसीका अनुसार पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड देखिएको थियो । साथै प्रहरीले समेत एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्