आजको मौसम : देशभर आंशिक बदली

काठमाडौँ- पश्चिम न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू-भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोे जानकारी दिनुभयो ।

यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

भोलि शुक्रबारदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.