कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला तथा अस्पतालहरुलाई पत्राचार

काठमाडौं- सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला तथा अस्पतालहरुलाई पत्राचार गरेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । अब सरकारी प्रयोगशालामा कोरोना संक्रमणको लक्षण वा चिह्न भएकाहरुको परीक्षण निःशुल्क हुनेछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ओपीडीमा चिकित्सक वा स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी तथा कोभिडका अन्य लक्षण भएकाहरुको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।यस्तै कोरोना संक्रमणको लक्षण भएका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.