लेखक-प्रशिक्षक बद्रीप्रसाद कार्कीको ८८४८.८६ पुस्तक बजारमा

काठमाडौँ- लेखक तथा प्रशिक्षक बद्रीप्रसाद कार्की द्वारा लिखित पुस्तक ८८४८.८६ बजारमा आएको छ ।
लोकसेवा आयोगद्वारा लिइने परीक्षा तयारीकाे प्रशिक्षण तथा आवश्यक अध्ययन सामग्री प्रदान गर्दै आउनु भएका कार्कीले संघीय निजामती सेवाको नायव सुब्बा पदको दोस्रो पत्र ‘समसायिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन’ सम्बन्धी पुस्तक बजारमा ल्याँउनु भएको हो ।
नायव सुब्वाको दोस्रो पत्रको पाठ्यक्रममा आधारित रहेर विषयगत प्रश्नहरुको उत्तर पुस्तकमा समेटिएको छ ।
पुस्तक लोकसेवा आयोगको नयाँ पाठ्यक्रम अनुसारको सामाग्री अध्यानका लागि मात्र नभइ लेखनसीप विकासका लागि समेत प्रभावकारी रहेको लेखक कार्कीले बताउनु भयो ।
प्रदेश निजामती सेवा,स्थानीय सेवा एवम सार्वजनिक संस्थानका परीक्षाका लागि समेत पुस्तक उपयोगी हुनेगरी सार्वजनिक ब्यवस्थापनका विषयहरु समेटिएको समेत कार्कीले जानकारी दिनुभयो ।
कार्की विगत लामाे समयदेखि लोकसेवा तयारीमा रहनुभएका लाखौं प्रशिक्षार्थीहरूमाझ अब्बल प्रशिक्षकको रूपमा समेत सुपरिचित हुँनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्