विदेशीएका जनशक्ति फर्किएसँगै दुर्गममा पनि आधुनिक कृषि प्रविधि

धादिङ- कृषि  क्षेत्रमा भित्रिएको आधुनिक प्रविधि धादिङको दुर्गम क्षेत्रहरुमा समेत प्रयोग हुन थालेको छ ।

कम जनशक्ति र थोरै समयमा पनि धेरै काम गर्न सक्ने भएका कारण दुर्गम क्षेत्रहरुमा समेत कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्न थालेको हो ।

यसो त यस वर्ष  कोरोना संक्रमणका कारण कृषि कर्म गर्ने समयमा  मानिसहरुको भिडभाड कम गर्नका लागि पनि कृषिमा प्रविधिको प्रयोग झनै बढेको छ ।

आजकाल दुर्गम क्षेत्रहरुमा पनि धान रोप्न ,धान काट्न र धान झाँट्नसमेत साना मेशिनहरुको प्रयोग हुन थालेका छन् ।

कोरोना भाइरसको संक्रमणले गर्दा रोजगारीका लागि  विदेश पलायन भएका युवाहरु  रोजगारी गुमाई स्वदेश फर्केपछि कृषि कर्ममा लागेका छन् ।

जसले गर्दा कृषि क्षेत्रमा काम गर्ने  आवश्यक जनशक्ति पुगेकोले पनि प्रविधिको निकै प्रयोग हुन थालेको कृषकहरु बताउँछन ।

डिजेल र पेट्रोलको प्रयोग हुने मेशिनहरुका कारण वाताबरणमा प्रतिकूल प्रभाव पर्ने भएपनि छिटो छरितो र सस्तोमा काम गर्न आधुनकि उपकरणहरु निकै उपयोगी भएको कृषकहरुको भनाइ छ ।

जिल्लाका अधिकांश किसानहरुले गोरु पाल्न छाडेका कारण खेत जोत्ने र खन्ने कामदेखि धान झार्ने काममा समेत आधुनिक मेशिनको प्रयोग हुन थालेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.