प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्नुहुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्दै हुनुहुन्छ । आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभएको हो ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरी कार्यसूची प्रकाशन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको निमन्त्रणमा प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा सम्वोधन गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको हो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नु भएको थियो ।

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गरेपछि घोराहीमा आयोजना हुने सभामा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.