आठ खेलाडी अधिकतम चार लाख मुल्यमा अनुबन्ध
काठमाडौँ- मिनी अक्सन आज सम्पन्न भएसँगै चैतमा हुने नेपाल सुपर लिग एनएसएलको टिम संरचना तयार भएको छ । मिनी अक्सनमा ६० खेलाडी समावेश थिए ।
बन्द सुचीमा रहेका ६० खेलाडीमध्ये १५ जना ‘ए’ श्रेणी र ४५ जनालाई ‘बी’ श्रेणीमा राखिर गरिएको अक्सनमा ‘ए’ श्रेणीमा रहेका खेलाडीलाई दुई लाखदेखि अधिकताम चार लाख रुपियाँसम्ममा अनुवन्ध भएका छन् ।
यस्तै ‘बी’ श्रेणीमा रहेका खेलाडीलाई न्युनतम एक लाख ५० हजार देखि अधिकतम दुई लाख रुपियाँमा अनुबन्ध गरेका छन् । अक्सनको ‘ए’ श्रेणीमा रहेका मणिकुमार लामा, दिनेश हेम्जन, पासाङ लामा, आशिष गुरुङ,अभिषेक लिम्बू, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री गरि आठ जना खेलाडी अधिकतम चार लाख मुल्यमा अनुबन्ध भएका छन् ।
अक्सनमा रहेका ६० मध्ये ३९ खेलाडी अनुबन्ध भएका छन् । पाँच खेलाडीले २० लिस्टबाट स्थान बनाए भने १६ खेलाडीलाई कुनै पनि टोलीले लिन मानेनन् ।
अहिलेसम्म लगभग सबै टिमले आफ्ना मार्की र कप्तान खेलाडीको नाम घोषणा गरिसकेका छन् । अब विदेशी खेलाडी, विदेशमा रहेका नेपाली खेलाडी र ट्यालेन्ट हन्टबाट पनि खेलाडी छनोट हुन बाँकी रहेको छ ।
सात टिमको सहभागिता रहने तेस्रो संस्करणको नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल चैत १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनीले प्रतियोगिता खेल्दै छन् ।






प्रतिक्रिया राख्नुहोस्