बलियो टिम म्यानमारलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौँ- अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेल अगाबै फाइनलमा भने प्रवेश गरिसकेका छन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गरेको थियो।

म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ५५ औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन ।

सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.