विद्यालयमा अध्ययनरत किशोरीहरूलाई महिनावारी स्वच्छता सम्बन्धी शिक्षा सहित स्वच्छता सामाग्री प्रदान

धादिङ –  दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकामा पर्ने विकट वस्तिका तिन ओटा विद्यालयमा अध्ययनरत किशोरीहरूलाई महिनावारी स्वच्छता सम्बन्धी शिक्षा सहित स्वच्छता सामाग्री प्रदान गरिएको छ ।

चेपाङ समुदायका किशोरीहरूलाई विद्यालय निरन्तरताका लागी सो स्वास्थ्य शिक्षा सहित स्वच्छता सामग्री वितरण गरिएको हो ।

खास गरी चेपाङ समुदायका बालीकाहरु किशोरी अवस्थामा पुगे पछि विद्यालय छाड्ने दर निकै बडेको एक अध्ययनले देखाए पछि धादिङमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरूको सहयोगमा उनीहरूलाई सो सामग्री प्रदान गरिएको हो ।

यसले पनि किशोरी अवस्थामा पुगेकाहरूलाई विद्यालय नियमित आउन निकै सहज पुग्ने भनाई विद्यार्थीहरूको छ ।

विकट वस्तिका तिन ओटा विद्यालयमा अध्ययनरत चार सय किशोरीहरूलाई महिनावारी हुँदा आवश्यक पर्ने स्वच्छता सामग्री सहितको झोला स्कुल पोशाक लागाएतका शैक्षिक सामग्री विद्यालयमा नै पुगी दिइएको हो ।

शैक्षिक सामग्रीको अभाव तथा महिनावारी भएको समयमा स्वच्छता सामग्रीको अभावका कारणले कारण विद्यालय छाड्ने समस्यामा यसले पनि केही हदसम्म कम हुने अपेक्षा विद्यालयको छ ।

चेपाङ समुदायका बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सो कामको सुरुवात गरेको सहयोगी संस्थाले जनाइएको छ ।

सो सामग्री चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत प्रदान गरेको हो ।

स्वच्छता तथा शैक्षिक सामाग्री सहयोगले बालिकालाई विद्यालयमा नियमित हुन प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने छ । चेपाङ समुदायका किशोरीहरूलाई सामग्री प्रदानसँगै एक दिने महिनावारी स्वच्छता सम्बन्धी तालीम सहित बिचैमा विद्यालय छाड्दा हुने नोक्सानीका बारेमा समेत ज्ञान दिइएको छ ।

बेनिघाटा रोराङ्ग गाउँपालिकाको वडा नं ६,८ र १० को विकट वस्तिमा रहेको पञ्चकन्या माध्यामीक विद्यालय ,कालिका माध्यामीक राष्ट्रिय र माध्यमिक विद्यालयका साथै गोईराङ आधारभूत विद्यालयमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.