मधेस र सङ्घीयताप्रति षडयन्त्र भइरहेको छ: अध्यक्ष डाक्टर राउत

बारा – जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले मधेस र सङ्घीयताप्रति षडयन्त्र भइरहेको बताउनु भएको छ । अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था समेत सङ्कटमा रहेको बताउदै सरकारले मधेसमा बचे कुचेको जमिन भूमि आयोग आयोग गठन गरेर हिमाल, पहाड लक्षित ३५ लाख सुकुम्वासीहरूलाई स्थापित गरी मधेस र मधेसी जनता प्रति अन्याय गर्न खोजेको आरोप राउतले गरे । उनले भूमि आयोग प्रदेश सरकार मातहातमा हुनु पर्ने बताउनु भयो ।
बाराको फेटा गाउँपालिकामा आयोजित सभामा बोल्दै अध्यक्ष राउतले सङ्घीयता र प्राप्त लोकतन्त्र कमजोर पार्न दुई दलीय व्यवस्था ल्याउन शासक वर्ग लागेको र राजतन्त्रवादीहरू समेत पुरानो व्यवस्था फर्काउन लागि परेकोले यो व्यवस्था सङ्कटमा रहेको उहाँले बताउनु भएको हो ।
संङघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबै जनता सचेत र जागरूक हुन आवश्यक रहेकोमा जोड दिनु भएको थियो । संङघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै संङघीयतालाई मुलुकमा टिकाई राख्न जरुरी रहेको अध्यक्ष राउतले बताउनु भयो ।
अहिलेको संङघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थानै उत्कृष्ट व्यवस्था रहेको अध्यक्ष राउतले संङघीय लोकतान्त्रिक गणतन्त्रकै कारण मधिसे जनता राष्ट्रपति र उपराष्ट्रपति बन्न सकेको र फेरी पनि बन्न सक्ने बताउनु भएको हो ।
उहाँले १०० वर्षमा हुन नसकेको विकास अहिलेको संङघीय लोकतान्त्रिक गणतन्त्र आएको सात वर्षमा भएको आफूले देखेको बताउनु भयो ।
डाक्टर राउतले मधेस प्रदेश सरकारको मातहतमा नेपाल प्रहरी नहुँदा अपराध नियन्त्रण गर्न र पीडितहरूलाई न्याय दिन प्रदेश सरकार असफल रहेको बताउनु भयो ।
अहिलेको संङघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाटै नेपालमा नौलो गणतन्त्र सहित कार्यकारी राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचन हुनुपर्ने कुरामा समेत डाक्टर राउतले जोड दिनुभएको थियो । जनमत पार्टीको फेटा गाउँपालिकाका अध्यक्ष नबल पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यहरू प्रभुनाथ पटेल, रौशन खातुन, ओम प्रकाश साह, पर्सा जिल्ला अध्यक्ष आमे प्रकाश सरार्फ, बारा जिल्ला अध्यक्ष शिवनाथ पटेल, प्रदेश सदस्य सन्तोष पटेल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्