स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा देवकोटा

काठमाडौँ- सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाउनुभएका डा देवकोटाले आजै कार्यभार सम्हाल्नुहुने बताउनुभयो । डा देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्