प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्‍नेगरी स्थगित

दोस्रो बैठकमा पनि विपक्षीको अवरोध कायमै,कुलमानको बर्खास्तीको विषयमा विपक्षीदलले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं– प्रतिनिधिसभाको आज बसेको दोस्रो  बैठक पनि स्थगित भएको छ । विपक्षी दलको अवराेधपछि  बैठक भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयकाे विराेध गर्दै प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले  प्रतिनिधि सभाको पहिलो बैठक पनि अवरुद्ध गरेका थिए । दोस्रो बैठक पनि  अवरोध कायमै राखेपछि सभामुखले भोलि विहान ११ बजे बस्ने गरी बैठक स्थागित गर्नु भएको हो ।

विपक्षी दलका सांसदहरुले आआफ्नाे कुर्सीबाट उठेर विराेध जनाएपछि सभामुख घिमिरेले भाेलि बिहान ११ बजेसम्मकाे लागि बैठक स्थगित गरिएको बताउनु भयो ।

यसअघि बिहान बैठक सुरु हुने वितिकै पनि विपक्षी दलका सांसदहरुले सदनमा उठेर विराेध जनाएका थिए । लगतै सभामुखले आधा घण्टाकाे लागि बैठक स्थगित गर्दै दलहका सचेतकहरुसँग छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.