ग्वाटेमालामा संसद भवन तोडफोड र आगजनी

ग्वाटेमालामा सयौं सरकार विरोधी प्रदर्शनकारीहरूले त्यहाँको संसद भवनको केही भागमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

ग्वाटेमालाको संसदले विहीबार राति पारित गरेको बजेटको विरोध गर्दै प्रदर्शनकारीहरुले बजेट रोक्ने उद्देश्यले संसद भवन माथि नै तोडफोड र आगजनी गरेका हुन् ।

सरकारले ल्याउन लागेको बजेटले ठूला पूर्वाधार परियोजनाहरु सरकारसँग साँठगाँठ भएका कम्पनीहरुलाई दिन लागेको भन्दै विपक्षीहरुले विरोध जनाएका हुन् । साथै कोभिड-१९ ले पुर्या एको सामाजिक तथा आर्थिक प्रभावका विषयमा बेवास्ता गरेको विपक्षीको आरोप छ ।

तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ । संसद भवनमा आगजनी भएको समय कोही पनि नभएकाले मानवीय क्षति भने हुन पाएन । अ

ग्नी नियन्त्रकहरुले आगजनी नियन्त्रणमा लिएका छन् । क्षतिको पूरा विवरण अझै आइसकेको छैन । प्रदर्शनकारीहरुले ग्वाटेमालाका राष्ट्रपति अल्जेन्ड्रो जायम्याटीको राजिनामाको समेत माग गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.