गोरखा– जित गढी एकीकरण पदयात्रा निस्कियो नेपाली सेनाको टोली

गोरखा-  नेपाली सेनाले गोरखाबाट बिहीबार देखी तेस्रो ऐतिहासिक गोरखा– जित गढी एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा– जित गढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपु मर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

‘‘ऐतिहासिक महत्त्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो, उहाँले भन्नुभयो, ‘‘सोही उद्देश्य लिएर आजदेखि गोरखा हुँदै जित गढीसम्म पदयात्राको थालनी गरिएको छ ।’’ सेनाको टोली एघारौँ दिनमा जित गढी पुग्नेछ ।

गोरखा दरबार स्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँच वटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्नेछ ।

टोलीले ३ सय ५ किलोमिटर दूरी पार गर्ने प्रमुख सेनानी क्षेत्रीले बताउनुभयो । पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका काली बक्स गण, पुरानो गोरख, बर्द वाणी गण, सवुज गण र जित गढीको लडाइँमा भाग लिएको गुरु बक्स पल्टनको टोली सहभागी भएका छन् ।
त्यस्तै पाल्पाले रुपन्देही र रुपन्देहीको सेनाको टोली जित गढी पुगेर वैशाख ७ गते विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिनुभयो । तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपाल बिच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सवको रूपमा मनाउने गरिँदै आएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.