प्रधानमन्त्री ओली ताप्लेजुङमा
ताप्लेजुङ- प्रधानमन्त्री के पी शर्मा ओली नेपाल-चीन सीमा क्षेत्रको निरीक्षण लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन आज पूर्वाञ्चल भ्रमणमा हुनुहुन्छ ।
यही क्रममा प्रधानमन्त्री ओली अहिले ताप्लेजुङको घुन्सा पुग्नु भएको छ ।
प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट घुन्सा क्षेत्रको निरिक्षण गर्नुभएको छ भने अहिले त्यहाँ आयोजित स्वास्थ्य इकाइ भवनको उद्घाटनको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको हाम्रा संवाददाता सुवास आचार्यले जनाएका छन ।
ताप्लेजुङको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्रीले त्यहाँ स्थापना गरिने सिमा सुरक्षा चौकीको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको हाम्रा समाचारदाता सुजन तिमिल्सिनाले जनाएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्