कक्षा १२ को परीक्षा आजदेखि सुरुः एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने बोर्डको तयारी

काठमाडौं- कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनकालागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा सञ्चालन हुनुअघी इमेलबाट पठाउने जनाएको छ । कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा सञ्चालन गरिने छ ।

संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामीका लागि पछि बेग्लै परीक्षा सञ्चालन गर्ने पनि बोर्डको योजना छ ।

कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको छ । साथै उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराइ मंसिर २२ गतेभित्र प्राप्ताङ्कको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ । परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ ।-

बैशाख महिनामा सञ्चालन हुनुपर्ने परीक्षा कोभिड १९ का कारण हुन सकेको थिएन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.