युद्धविरामका बाबजुद पनि रुसी आक्रमण जारी रहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गरेपनि आक्रमणहरू जारी राखेको बताउनुभएको छ ।
तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।
तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाउनुभयो ।
शनिबार मध्यरात (२१०० जिएमटी) सम्मको छ घण्टामा ‘रूसी सेनाले गोलाबारी गरेको तीन सय ८७ वटा घटना र १९ वटा आक्रमण’ भएको र ‘रूसीहरूले दुई सय ९० पटक ड्रोन प्रयोग गरेको’ उहाँले बताउनुभयो ।
इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।
शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्की समेत दिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्