पर्यटक चेकजाँच केन्द्र जगतबाट शुरु

गोरखा –  मनास्लु क्षेत्र जाने पर्यटकको चेकजाँच केन्द्र जगतबाट पुन सुरु गरिएको छ । चुमनुव्री–३ को जगतबाट पुन चेकजाँच सुरु गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजना अन्तरगतको जगतको पर्यटक चेकजाँच केन्द्र कोरोनाको वेला बन्द रहेको थियो । बन्द भएको अवधिमा फिलिमको कार्यालयबाट पर्यटक चेकजाँच गरिँदै आएको थियो । वैशाख ५ गतेबाट पुन जगतबाट सेवा सुरु गरिएको हो । पर्यटक, पथप्रदर्शक, पर्यटन व्यवसायी स्थानीय समुदायलाई फिलिम कार्यालयबाट प्रदान गरिने पर्यटक चेकजाँच सेवा पुन जगत कार्यालयबाट भएको पनि जानकारी गराइएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मनास्लु क्षेत्रको १० हजार २ सय ७३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मनास्लु पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार मनास्लु क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै छ । यो वर्ष अझै पर्यटकको सङ्ख्या बढ्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । गत आर्थिक वर्ष ९ हजार सात सय ८३ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । ‘ मनास्लु आउने पर्यटक चुम र नुव्री उपत्यका तथा लार्के पास गर्ने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.