धनकुटाको महालक्ष्मीमा आगलागीः दुईवटा घर र चौपायसहितको गोठ जलेर नष्ट

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिका-९ आहालेमा गएराती लागेको आगलागीबाट स्थानीय टेक बहादुर थापाको दुई वटा घर, गोठ, बाख्राको खोर र भान्सा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
आगलागीमा परेर दुईवटा गाई र नौ वटा बाख्रा जलेर मरेको भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको प्रहरीको भनाइ छ ।
आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीको भनाइ छ । गएराति करिब ११:३० बजे सुरु भएको आगो करिब ४ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो ।






प्रतिक्रिया राख्नुहोस्