सगरमाथा संवादमा भाग लिन भारतीय वनमन्त्री यादव नेपालमा

काठमाडौँ- काठमाडौँमा भोलिदेखि सुरु हुने सगरमाथा संवादमा भाग लिन विश्वभरका सहभागीहरु आउने क्रम जारी छ ।
विश्वका उच्चस्तरीय राजनीतिक एवं विज्ञहरुको सहभागित रहने सो संवादमा भाग लिन भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको छ ।
उहाँ सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो ।
आज अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.