धनकुटामा ४२ केजी गाँजासहित ४ जना पक्राउ

धनकुटा-  धनकुटा, १ जेठ । धनकुटाको मुलघाट र भेडे टार क्षेत्रबाट प्रहरीले ४२ केजी लागु औषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ। धनकुटा नगरपालिका ९ मुलघाटबाट १ एक जना र साँगुरी गढी गाउँपालिका ६ भेडे टारबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बिहीबार मुलघाटस्थित कोसी लोक मार्गको तमोर नदीको पुल नजिकैबाट धनकुटा नगरपालिका ९ का ५१ वर्षीय राजु राईलाई २८ केजी गाँजा सहित पक्राउ गरिएको हो। शङ्का लागेपछि प्रहरी टोलीले चेकजाँच गर्दा उनले बोकेको कार्टुनमा गाँजा फेला परेको हो।

यस्तै भेडे टारमा सवारी चेकजाँच गर्दा ३ जना पक्राउ परेका हुन्। उनीहरूबाट १५ केजी गाँजा बरामद बरामद भएको छ। दुई वटा फरक ई भी सवारी साधनहरूमा यात्रा गरिरहेका ३ जनाबाट गाँजा बरामद गरिएको हो। प्रदेश १–०२–००१ ज ४६५९ नम्बरको ई भी गाडीमा सवार धनकुटाको सहिद भूमि गाउँपालिका २ का २२ वर्षीय सन्तोष दर्जीलाई चेकजाँच गर्दा उनको ह्यान्ड ब्यागबाट १२ केजी गाँजा बरामद भएको प्रहरी जनाएको छ।

यस्तै प्रदेश १–०२–००१ ज ४४०९ नम्बरको मोरङको सुन्दरहरैचा १० का २६ वर्षीय जय राम सरदार र १८ वर्षीय सुदीप सरदारको ह्यान्ड ब्यागबाट ३ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.