पनौतीको खोपासी फाँटमा रोपाइँ सुरु 

काभ्रे –  काभ्रे जिल्लाको पनौती नगरपालिकाका खोपासी फाँटमा यस वर्षको धान रोपाइँ सुरु भएको छ ।  किसानहरू खेत जोत्न तथा रोपाइँ गर्न व्यस्त देखिएका छन् ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पनौतीको खोपासी लगायतका फाँटहरूमा धान रोपाइँको सुरुवात गरिएको हो । यस पटक समयमै वर्षा भएकाले रोपाइँ सहज भएको छ ।

पनौतीका अधिकांश किसानहरू परम्परागत विधिबाट धान खेती गर्दै आएका छन्, तर केही स्थानमा आधुनिक प्रविधि र उन्नत बीउ प्रयोग गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । धान रोपाइँसँगै गाउँघरमा मेलापातको रौनक देखिएको छ ।

पछिल्लो समयमा जिल्लाको धान खेतीयोग्य जमिनहरूमा बढ्दो सहरीकरणका कारण अव्यवस्थित बस्ती विस्तार, प्लटिङ, उद्योगधन्दा कलकारखानाहरू सञ्चालनमा ल्याउनु र विशेष गरी खेती गर्ने जनशक्ति बिदेसिने गरेका कारण धान खेती र उत्पादनमा कमी हुँदै आएको किसानहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.