७० बर्षीय युरी जो हिमपहिरोमा १ घण्टा हराए, अन्तत: शिखर चुमेर फर्किए

काठमाडौँ- सगरमाथाको आरोहण गरी आफ्नो ७० औ जन्म उत्सव मनाउने योजनाका साथ रसियन नागरिक यूरी गत अप्रिल ८ गते काठमाडौँबाट एभरेष्ट तर्फ लागे । 

प्रतिकुल मौसम र रोड फिक्सिङको काम नसकिएकाले एभरेष्ट चढ्ने प्रतीक्षामा उनले आफूलाई स्थानीय मौसमसँग समायोजन र अभ्यस्त गराइ राख्न अभ्यासहरूलाई निरन्तरता दिइरहेका थिए ।

रोड फिक्सिङ् नहुँदै आधार शिविर पुगेका उनी यो बीचमा बेस क्याम्प र क्याम्प १ र २ को बिचमा अभ्यास गरिरहे। यही क्रममा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने खुम्बु आइफल क्षेत्रमा आएको हिमपहिरोमा पुरिन पुगे । 

जोखिमपूर्ण स्थान मानिने यो ठाउँमा फोटो खिचिरहेका वेला गएको हिमपहिरोमा भासिएर एक घण्टा जति उनी हराए । करिव एक घण्टा  नभेटिएपछि उनी जिउँदो रहने आश धेरैले मारे । तर संयोग भनौँ वा उनको अनुभव करिव १ घण्टा पछि उनको उद्धार भयो । अन्तत: उनी गत मे १५ गते सगरमाथाको सफल आरोहण गरी १६ गते काठमाडौँ फर्किएका छन् ।

फोटो स्रोत:चतुर तामाङ्

युरी सहितका रसियन र मोरक्को नागरिक सहित ११ जना आरोहीको टोलीको नेतृत्व गर्नु भएका ‘चटुर ट्रेक एण्ड एक्सपिडिसनका निर्देशक आरोही चतुर तामाङ युरीको अनुभवले नै उनलाई बचाएको बताउनु हुन्छ । 

”हिमपहिरो जाँदा उनी खोच पस्न पुगे । जसले गर्दा माथिबाट परेको हिमपहिरोको असर कम भयो र सुरक्षित नै रहन पुगे । उनी खोचमा पुग्नु उनको अनुभव हो जस्तो लाग्छ  । तर त्यहाँ हिम पहिरो पन्छाउने बेला सम्म भने धेरैले अब उनी जिउँदो रहँदैन परिवारलाई खबर गर्नुपर्यो सम्मका कुरा पनि भए । अन्तत: उनको सहकुशल उद्धार भयो  पछि सगरमाथा आरोहण समेत गरेर फर्किए । तामाङले भन्नु भयो।

 सगरमाथाको सफल आरोहण गरेसँगै उनले आफू आफ्नो देश रसियाको सबै भन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने नागरिकको रुपमा रेकर्ड बनाउन पाएकोमा खुसी समेत साटेको  तामाङले बताउनु भयो ।

फोटो lस्रोत: चतुर तामाङ्

सगरमाथा आरोहण गर्नुअघि ७,००० मिटरभन्दा माथिको हिमाल चढ्नुपर्ने  कानुन बन्दै

आउँदो वर्षदेखि सगरमाथा आरोहणको योजना बनाउने हरुले अब त्यसअघि नेपालमा रहेका ७,००० मिटरभन्दा अग्लो कुनै एक हिमाल चढिसकेको हुनुपर्नेछ।

७,००० हजार मिटरभन्दा माथिको कुनै नेपालको  हिमाल आरोहण नगरेका व्यक्तिहरूलाई सगरमाथा चढ्ने अनुमति दिइने छैन। अघिल्लो महिना सरकारले संसद्मा दर्ता गरेको  पर्यटन विधेयकमा यो प्रावधान समावेश गरिएको छ।

हालको पर्यटन ऐन र नियमावलीमा भने सगरमाथा चढ्नुअघि कुनैपनि आरोहण अनुभवको आवश्यकता हुने उल्लेख छैन। सरकारले अनुभवी आरोहण र सगरमाथामा भीड नियन्त्रण गर्दै सुरक्षित आरोहण सुनिश्चित गर्न यो नीति अवलम्बन गर्न लागेको हो।

फोटो: चतुर तामाङ्

सगरमाथामा अत्यधिक भीडका कारण धेरैजना आरोहीको ज्यान गएको भन्दै आलोचना हुँदै आएको छ। सन् २०२३ मा सर्वाधिक ४६६ वटा अनुमति जारी गरिँदा कम्तीमा १२ जना आरोहीको मृत्यु भएको थियो भने थप पाँच जना हराएका थिए। त्यसअघि पनि सन् २०२२ मा पनि आठ जना आरोहीले ज्यान गुमाएका थिए।

यस वर्षको वसन्त ऋतु सगरमाथाका आरोहणका लागि ४५६ जनाको अनुमति

वसन्त ऋतुको सगरमाथा आरोहण यही गत वैशाख २६ गतेदेखि सुरु भएको हो ।  सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट ४५६ जनाले अनुमति लिएका थिए । मे १६ गते सम्म करिव ५०-५५ जना जति सगरमाथा आरोहण गरेका छन् । मौसमका कारण त्यसपछि दुई तीन दिन रोकिएको विभागले जनाएको छ ।

 सगरमाथा आरोहण अनुमति लिने मध्ये मध्ये ३७२ पुरुष र ८४ महिला छन्। भारत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू सबैभन्दा धेरै अनुमति लिने देशको सूचीमा छन्, दुबै देशबाट ८३– ८३ जना आरोही छन्।

 महिलाहरूको हकमा भारत अग्रस्थानमा रहेको छ, जहाँ १६ भारतीय महिलाहरूले सगरमाथा आरोहणको अनुमति प्राप्त गरेका छन्। भारत र अमेरिका पछि चिनियाँ नागरिकहरूको संख्या तेस्रो स्थानमा छ।

कुन हिमालका लागि कति ले लिए अनुमति ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.