सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेशको अतिरिक्त कार्यभार सम्हाले

 सुर्खेत –   सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको अतिरिक्त कार्यभार सम्हाल्नु भएको छ ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका प्रस्थान गरेपछि मियाँले आज प्रदेश प्रमुखको अतिरिक्त कार्यभार सम्हाल्नु भएको हो ।

आँखाको उपचार गर्न प्रदेश प्रमुख जोशी अमेरिका गएपछि सङ्घीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार उहाँले आज कर्णाली प्रदेश प्रमुखको अतिरिक्त कार्यभार ग्रहण गर्नु भएको हो ।

प्रदेश प्रमुख मियाँले आफ्नो कार्य थलो सुदूरपश्चिम भए पनि नेपाल सरकारले कर्णाली प्रदेशको समेत अतिरिक्त कार्यभार दिएपछि कर्णालीलाई अझ नजिकबाट बुझ्ने र जान्ने अवसर मिलेको बताउनु भयो । उहाँले उपचारका लागि अमेरिका जानु भएका प्रदेश प्रमुख यज्ञराज जोशीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.