डोटीमा रोपाइँ सुरु प्रविधिको प्रयोगले कृषक उत्साहित

डोटी- यस वर्ष समयमै पानी पर्न थाले पछि डोटीमा रोपाइँ सुरु भएको छ जिल्लाको जोरायल गाउँपालिका–३ र ४ का उपत्यका क्षेत्रमा मात्रै उत्पादन हुने नेपालकै प्रसिद्ध बासमती धानको रोपाइँ सुरु भएको छ। स्वाद, सुगन्ध र गुणस्तरका कारण देशभर लोकप्रिय यस धानको रोपाइँ यस वर्ष प्रविधिमैत्री शैलीमा थालिएको हो।
यसपालि परम्परागत गोरु जोत्ने पद्धतिको सट्टा धेरै किसानले मिनिटिलर प्रयोग गरेर खेत तयारी गरेका छन्। सबैले होइन, तर अधिकांश किसानले प्रविधिको उपयोग गर्न थालेका बताएको छ ।
यान्त्रिक प्रयोगले खेत छिटो जोत्न सकिने, श्रम घट्ने र लागत कम हुने भएकाले कृषकहरू प्रविधिप्रति उत्साहित देखिएका छन्।
मिनिटिलर प्रयोग गरेर खेत जोत्न धेरै सजिलो भयो। श्रम कम, खर्च घट्यो र समय पनि बचत भयो। यो प्रविधि खास गरी गोरु र मजदुरको अभावमा निकै उपयोगी भएको कृषक भक्तराज अवस्थीले बताउनु भयो ।
डोटीका बोगटान फुड्सिल गाउँपालिका , बडिकेदार , के .आइ .सिंह लगायतका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ । डोटी जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गा दत्त अबस्थीले बताउनु भयो । जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ ।
जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल, पाल्पाली, कुसुम, राधा ४, झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन्






प्रतिक्रिया राख्नुहोस्