विपक्षीहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक आज पनि अबरुद्ध

बैठक भोलि बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो ।

आज पटक पटक समय सारेर करिव ५ बजेर ३० मिनेट जाँदा बैठक सुरु भएको थियो ।

बैठक सुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख घिमिरेले पटक पटक बैठक सुचारु गर्न आग्रह गरेपनि नमानेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आज सत्ता पक्षका सांसदहरुले पनि उठेर बैठक संचालन गर्न आग्रह गर्नुभएको थियो ।

समसामयिक र बजेट माथि छलफल गर्न नपाइएको भन्दै संसदलाई बन्धक बनाउन नपाउने तर्क सत्ता पक्षीय सांसदहरुको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.