सप्तरीमा डाँका समूहद्वारा गोली हानी एक जनाको हत्या

सप्तरी- सप्तरीमा डाँकाको समूहले एक जनाको हत्या गरेका छन् । जिल्लाको सुरूङा नगरपालिका-८ का स्थानीय कन्तलाल चौधरीको हत्या गरेका हुन् ।
५६ बर्षका चौधरीको घरेलु हतियारसहित गोली समेत प्रहार गरी हत्या गरेको वडा अध्यक्ष श्यामदेव साहले बताउनुभयो । राति ५/६ जनाको संख्यामा आएका डाँकाहरूले चौधरीको घरमा प्रवेश गरेर आक्रमण गरेका हुन् ।
उहाँका अनुसार डाँका समूहको आक्रमणबाट एक जना घाइते भएका छन् । घट्नाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्