मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

धनुषा- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने खुलासा गर्नुभएको छ ।
आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमित अनुसार छिट्टै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।
सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताउनुभयो ।
“आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।।






प्रतिक्रिया राख्नुहोस्