प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा

काठमाडौँ-  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरुप अघि बढनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)सँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “महत्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ । त्यो सभा छिटो चल्दिएहुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो ।”

विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृतिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतकासाथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.