तिनाउमा नदीजन्य वस्तुको दोहन बढ्दै

बुटवल – बर्खा याम सुरु हुँदै गर्दा रुपन्देहीको तिनाउमा नदीजन्य वस्तुको दोहन बढ्दै गएको छ । प्रशासन र पालिकाले ध्यान नदिँदा हिजोआज बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिकासँग जोडिएको तिनाउमा डोजर र एक्जाभेटरले दर्जनौँ टिप्पर गिट्टी बालुवा र ढुङ्गा निकाल्ने गरेका छन् ।
यस्तै सैनामैना, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका पालिकाहरूमा पर्ने तिनाउसहित दानव, घोडाहा खोला, कञ्चन खोला, रोहिणी लगायतका नदी तथा खोलाहरूमा अनियन्त्रित रूपमा गिट्टी बालुवा र ढुङ्गा निकाल्ने काम भइरहेको छ ।
मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैध दोहन गरी चोरी निकासी भइरहँदा पनि स्थानीय प्रशासन र पालिकाहरूले नदेखेझैँ गरिरहेका छन् । नदीबाट सिधै क्रसर उद्योगमा ढुवानी भइरहेकोले मिलेमतो भएको हुनसक्ने स्थानीयको आशङ्का छ ।
रुपन्देहीमा नदीको मापदण्ड मिचेर गरिने मनपरी उत्खनन गर्दा तिनाउ र अन्य नदीहरू गहिरिने र कटान तथा जनधनको क्षति हुने क्रम बढ्दो छ ।






प्रतिक्रिया राख्नुहोस्