पहिरोले नेपाल- चीन सिमाना किमा थाङ्का नाकाको ७१ (१) को सीमा स्तम्भ पुरियो

सङ्खुवासभा- सङ्खुवासभा उत्तरी क्षेत्र किमा थाङ्कामा बाढीले नेपाल -चीन सिमानाको सीमा स्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी  क्षेत्र  भोट खोला १ किमा थाङ्का  नाका नजिकै रहेको ७१ (१) नम्बरको सीमा स्तम्भ पुरिएको सशस्त्र प्रहरी बल नेपाल  नम्बर ४ गुल्म अरुण गुल्म चैनपुरका डिएसपी अमर लामाले जानकारी दिनुभयो ।  नेपाल – चिन सिमानामा  रहेको ७१ (१)  नम्बरको सीमा स्तम्भ बगाएको हो ।

बाढीले बगाएको नेपाल –  चिन सीमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट किमा थाङ्का बाट १६ किलोमिटर दुरीमा पर्दछ । भोट खोला- १ स्थित दोङगोप्पा खोला र छोकाङ खोलामा जेठ १८ गते आएको बाढीले नेपाल – चिन सिमानाको ७१ (१) नम्बर सीमा स्तम्भ बगाएको सशस्त्र प्रहरीका डिएसपी लामाले बताउनुभयो । किमा थाङ्का विओपिबाट सशस्त्र प्रहरी निरीक्षक वसन्त पण्डितको टोलीले गस्ती खटिएको बेला सीमा स्तम्भ बगाएको जानकारी गराउनु भएको थियो ।

लगातारको वर्षापछि आएको  बाढीले ७१ (१) नम्बर नम्बरको सीमा स्तम्भ पुरिए बेपत्ता भएको छ । माथिल्लो  क्षेत्रमा केही दिन यता लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा २१ वटा सीमा स्तम्भ रहेका छन् । किमा थाङ्का नाकामा २०७६ पुसमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.