गोरखा मनकामनाका राजेश श्रेष्ठ मृत फेला

गोरखा –  पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखा मनकामनाका १ जना मृत फेला परेका छन् ।

मृत फेला  पर्ने पुरुष शहिद लखन गाउँपालिका-३ मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठ भएको कास्की प्रहरीले पुष्टि गरेको हो  ।

जेठ २५ गते आइतबार साँझ माँझीकुना तर्फबाट पौडी खेल्न बेगनास गएका श्रेष्ठको मृत शरीर सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोर टोलीले सोमबार बिहान १० बजे ३५ फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरी बल  नेपालका प्रहरी नायब उपरीक्षक एवं सह-प्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

बेपत्ता श्रेष्ठको हिजोदेखि नै खोजी भएको भएता पनि आज बिहान मात्र फेला परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.