नेपाल र स्कटल्यान्डबीचको खेल अहिले साँझ ७:४५ बजे

काठमाडौँ- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार अहिले साँझ ७ः४५ मा सुरु हुनेछ ।
नेपाल आज पहिलो जितको खोजीमा छ ।
हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलोपटक हो ।
त्यसैगरी स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालले टी ट्वान्टी २० अन्तरराष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाइरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्