तीनवटा सवारी साधन एकआपसमा ठक्कर खाँदा दुर्घटना, एकजना घाइते

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत नौविसे बैरेनी सडक खण्डमा पर्ने थाङ्क्रे गाउँपालिकास्थित एक्लेफाँटमा तीनवटा सवारीका साधनहरु एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ ।

सो दुर्घटनामा एक जना सामान्य घाइते भएको हाम्रा धादिङस्थित समाचारदाताले जनाएका छन् । सवारी साधनहरुमा भने तनै वटामा क्षति पुगेको छ ।

चितवनबाट काठमाण्डौ जाँदै गरेको विद्युतीय माईक्रोले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । तीनवटै सवारी हटाई अहिले राजमार्गमा यातायात सुचारु गराईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.