प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ – प्रतिनिधिसभामा प्रधानमन्त्री सांसद प्रश्नोत्तर कार्यक्रम रद्द गरिएको छ ।
आज विहान ११ बजेका लागि निर्धारण गरिएको प्रश्नोत्तर कार्यक्रम रास्वपा र राप्रपा सांसदहरुको अवरोधका कारण रद्द गरिएको हो ।
नियमित बैठक अवरोध गरिरहेका प्रतिपक्षी दलका सांसदहरुले आजको बैठकमा पनि सभामुखको आग्रहलाइ बेवास्ता गरेपछि निर्धारित प्रश्नोत्तर कार्यक्रम सुचीबाट हटाएको बैठकलाइ सभामुखले जानकारी गराउनु भयो ।
सदनले निर्धारण गरेको बजेट छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बिरोध गरेपछि सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालय, महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धि छलफल आजको सुचीबाट हटाइएको सभालाइ जानकारी दिनु भयो । बैठकमा सांसदहरुले बजेटसँग सम्बन्धित किताव उपलब्ध नगराउदा छलफलमा भाग लिन नपाएको पनि गुनासो गर्नु भयो ।
रास्वपाका सांसदहरुले आफ्नो बिरोधको कार्यक्रमलाइ जारी राख्दै राप्रपाका सांसदहरुसँग बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्