संस्कार र संस्कृति जोगाउँने अभियानमा माझी समुदाय

रामेछाप– आफ्नो संस्कार र संस्कृति जोगाउँनका लागि रामेछापका माझी समुदायहरुले बिभिन्न अभियानहरु संचालन गरेका छन् ।
माझी समुदायको जन्मदेखी मृत्यु सम्मका संस्कार र संस्कृतिहरु जोगाउनका लागि उनिहरुले गाउँ गाउँमा अभियानहरु संचालन गरेका हुन् । आफ्नो परंम्परागत संस्कार र संस्कृति भुल्दै जान थालेपछि माझी समुदायको संस्कार लोप हुन सक्ने भन्दै यस समुदायका युवाहरु नै यो अभियानमा लागेको माझी समुदायका युवा बालकृष्ण माझीले बताउनु भयो । आफ्नो समुदायको संस्कार र संस्कृति लोप हुन नदिनका लागि माझीहरुले जिल्लाका बिभिन्न गाउँहरुमा अभियान संचालन गरेका छन् ।
अभियान अन्र्तरगत माझीहरुले रामेछाप जिल्लाका बिभिन्न गाउँहरुमा मझे सावाँ गठन गरेका छन् । गाउँको जान्ने बुझ्ने व्यक्तिको नेतृत्वमा गठन भएको मझे सवाँले माझी समुदायको संस्कार, संस्कृति, परंरम्परा तथा न्यायिक सेवा समेत र माझीसंग सम्बन्धित अन्य महत्वपूर्ण निर्णय समेत गर्न पाउने गरी मझे सावाँ गठन गरेको माझी जागरण केन्द्र रामेछापले जनाएको छ । मझे सावाँलाई आफ्नो जातिको जन्मेदेखी मृत्युसम्मको संस्कारका बारेमा जानकारी दिनका लागि आज मन्थली नगरपालिका वडा नं ८ गाइखुरामा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा समाजशास्त्रि प्रा.डा. कृष्ण भट्टचनले माझी जातिको मैलिक परम्पंरा तथा सांस्कृतिक पहिचाहनका बारेमा धारणा राख्नु भएको थियो । माझी समुदायले अरु समुदायको नक्कल गरेर आफ्नो संस्कार र संस्कृति भुल्नु नै गलत भएको बताउँदै भट्टचनले नेपालका सवै जनजातिहरुले आ आफ्नो संस्कार र संस्कृति अनुसारको काम गरेर आफ्नो पहिचाहन जोगाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले माझी समुदायको विकासका लागि मन्थली नगरपालिकाले अहिले पनि बिभिन्न काम गरेको बताउँदै आ आफ्नो संस्कार र संस्कृति अनुसार काम गर्न पाउनु सवै जातजातिको अधिकार भएको बताउनु भयो ।
कार्यक्रममा माझी जातिको जन्मदेखी मृत्यु सम्मको संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनुका साथै आफ्नो माझीहरुको बिभिन्न पक्षहरुका बारेमा समेत चर्चा गरिएको थियो । उक्त कार्यक्रममा माझीहरुको संस्कार र संस्कृतिका बारेमा श्रीबहादुर माझीले चर्चा गर्नु भएको थियो । कार्यक्रममा उक्त वडाका वडा अध्यक्ष गोपाल श्रेष्ठ लगायतका बक्ताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्