बागलुङमा पाँच उत्कृष्ट किसान पुरस्कृत

बागलुङ – बागलुङका पाँच जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । २२ औ राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाभरबाट उत्कृष्ट किसान पुरस्कृत भएका हुन । जिल्ला कृषि ज्ञान केन्द्रले कृषि र पशुपालन विधाबाट छनोट गरी किसानलाई १० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ ।
पुरस्कृत हुनेमा बागलुङ ढोरपाटन नगरपालिकाका चन्द्र लाल पाण्डे, हिमाल कुमार पुन,बागलुङ नगरपालिकाका नन्द लाल जैसी, ओम राज शर्मा र त्रिलोचन सापकोटा रहेका छन् । उनीहरूलाई नगद १० हजार रुपैयाँ सहित जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले एक कार्यक्रमका बिच पुरस्कार प्रदान गर्नुभयो ।
सधैँ कृषि काममा व्यस्त भएको अवस्थामा आफू पुरस्कृत हुन पाउँदा थप हौसला मिलेको स्थानीय किसान हिमाल कुमार पुनले बताउनुभयो । “निरन्तर कृषि पेसामा लागेको लामो समय भयो,”पुनले भन्नुभयो,“पुरस्कृत नै भइन्छ भन्ने मलाई लागेको थिएन ।” पुरस्कृत हुने किसानले तरकारी खेती, कुखुरा पालन, भैँसी पालन, बाख्रा पालन गर्दै आएका छन् ।
जिल्लामा कृषि तथा पशुपालन गर्ने किसान धेरै भएपछि केही किसानलाई मात्र पुरस्कृत गर्नुपरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । “कार्यविधिबाट छनोट गर्नुपर्ने बाध्यता छ ।” सिलवालले भन्नुभयो,“आगामी दिनमा यस क्षेत्रलाई बढाएर महिला किसान सम्म पुर्याउँछौ ।”
बागलुङमा कृषि तथा पशुपालन किसानको सूचीकृत गर्ने कार्य कृषि ज्ञान केन्द्रले थालेको छन् । अहिले जिल्लाभर झन्डै तीन सय किसान व्यवसायीक कृषि तथा पशुपालन गर्दे आएका छन्






प्रतिक्रिया राख्नुहोस्