प्रहरीलाई विपद्का सामग्रीहरू हस्तान्तरण

नुवाकोट- सामुदायिक सेवा संरक्षणमा जोड दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रहरीलाई विपद् नियन्त्रणका सामग्रीहरू प्रदान गरेको छ । विपद्को समयमा जतिसक्दो छिटो राहत उद्धारमा खटिन सहयोग पुर्याउने उद्देश्यले सो गाउँपालिकाको कार्यक्षेत्रभित्र रहेको विभिन्न प्रहरी चौकीलाई विपद् उद्धारका सामाग्री प्रदान गरेको हो ।
किस्पाङ गाउँपालिकाभित्र रहेका विभिन्न ३ वटै प्रहरी चौकीलाई विपद् प्रतिकार्यका लागि कार्यक्रमकाविच विभिन्न प्रकारका विपद् उद्धार सामग्री प्रदान गरिएको हो ।
प्रहरी इन्चार्जहरूलाई गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, विभिन्न वडाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर शाहीलगायतले ती सामग्रीहरू हस्तान्तरण गरेका हुन् । ६ प्रकारका सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष न्यौपानेले यस वाट मानवीय सेवामा जुट्न तथा सामुदायिक सेवा प्रवाहमा सक्रियता बढ्ने बताउनुभयो । उहाँले विपद्को समयमा खटिएका प्रहरीलाई तत्कालै अत्यावश्यक रहेका उद्धारका सामग्रीहरुको अभाव रहेको पाइएपछि गाउँपालिकाले ती खरिद गरेर उनीहरूलाई प्रदान गरिएको बताउनुभयो ।
हस्तान्तरण गरिएका सामग्रीहरुमा विपद् व्यवस्थापनको सन्दर्भमा आवश्यक सामग्रीहरू जीवन रक्षक डुङ्गाका बेल्ट, ज्याकेट, माइक, बाल्टिन, डोरी, आगो निभाउने उपकरणलगायतका सामग्री प्रहरीलाई प्रदान गरिएका हुन् । किस्पा गाउँपालिकामा प्रहरी चौकीहरू फिकुरी, भाल्चे र शान्ति बजारलाई ती सामग्री प्रदान गरिएको छ ।
कार्यक्रममा उपाध्यक्ष न्यौपानेसहित प्रमुख प्रशासकीय अधिकृत शाही, किस्पाङ २ का वडाध्यक्ष बद्रीप्रसाद देवकोटा, ३ का सुरेन्द्रबहादुर तामाङ ४ं का विनोद तामाङ तथा रेडक्रस सोसाइटी काहुले उपशाखाका पदाधिकारी, सदस्यलगायतको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्