स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ-  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ ।

निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना हुनुभएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताउनुभयो । मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.