ट्रक पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम लोकमार्गमा लरी ट्रक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

भारतको बनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको ट्रक ब्रेक फेल भएर बिहान करिब २:३० बजे सडकको दाहिने किनारमा पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक भारत गाजिपुर जिल्लाको पुरैनियाका अन्दाजी ४० वर्षका महेन्द्र यादवलाई दुईवटा क्रेनको सहायतामा उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले बिहान ५:४५ बजे मृत घोषणा गरेका थिए ।

सहचालक भारत गाजिपुरका अन्दाजी २५/२६ वर्षका मनोज यादव को उपचार जारी छ । सहचालक यादवको अवस्था सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.