नागढुङ्गा मुग्लीन सडक खण्डमा पर्ने पुलहरुको निर्माण सुस्त

धादिङ – निर्माणधीन अवस्थामा रहेको नागढुङ्गा मुग्लीन सडक खण्डमा पर्ने पुलहरुको निर्माणसम्पन्न भई सवारी संञ्चालन समेत गरिसक्नु पर्नेमा पुलहरुको काम करिव पचास प्रतिशत मात्रै सम्पन्न भएको छ ।
यसै गरी पृथ्वी राजमार्गको नौविषेदेखी मलेखु खण्डमा पर्ने १३ ओटा पुलहरु मध्य आठ ओटाबाट सवारी संञ्चालनमा ल्याइएको छ भने अन्य पुल निर्माण कार्य भई रहेको छ ।
सो खण्डको निर्माणको म्यद पनी सकिसकेको छ भने अब निर्माण कम्पनीहरु म्याद थपको प्रकृयामा रहेक छ ।यसै गरी मलेखु मुग्लीन सडक खण्डमा पर्ने ६ ओटा पुल सबैको निर्माण कार्य भई रहेको छ ।
मलेखु मुग्लीन सडक खण्डको निर्माणको म्याद भने अझै केही महिना बाँकी रहेको छ । सो सडक र सडक क्षेत्रमा पर्ने पुलहरु निर्माणमा विलम्व हुदा पनी सवारी संञ्चालनमा असहजता उत्पन्न भएको छ ।






प्रतिक्रिया राख्नुहोस्